काठमाडौँ, फाल्गुन २३ । म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड माथि ४–१ को जित निकालेको छ । यो जितसँगै सिटी लिग तालिकाको शिर्ष स्थानमा कायमा रहेको छ । सिटीको २८ खेलबाट ६९ अंक भएको छ ।
यो हारसँगै अर्को सिजन युरोपेली च्याम्पियन्स लिग खेल्ने युनाइटेडको सम्भावनामा पनि ठूलो धक्का पुगेको छ ।
यो नतिजापछि युनाइटेड चौथो स्थानमा रहेको आर्सनल भन्दा एक अंकले पछाडि रह्यो । युनाइटेडले आर्सनलको तुलनामा तीन खेल बढी खेलेको पनि छ ।
लिग तालिकाको शीर्ष स्थानमा भने सिटीले दोस्रोमा रहेको लिभरपुलमाथि यस अघिको तीन अंकको अग्रतालाई अझ बढाउन सफल रह्यो ।




