रुसी हमलाका कारण १० लाख युक्रेनीले देश छोडे,अझै ५० लाख बढिले देश छाड्ने सम्भावना

`

     २०७८ फाल्गुन १९ गते ४:०५

काठमाडौं, फागुन १९ । संयुक्त राष्ट्रसंंघका अनुसार किभ–युक्रेनमाथि रुसी हमलाका कारण १० लाख युक्रेनी नागरिक शरणार्थी बनेर विभिन्न छिमेकी मुलुकहरुमा शरण लिईरहेका छन्। ७ दिनको अवधिमा लाखौं संख्यामा शरणार्थी बनेर छिमेकी मुलुकमा शरण लिईरहेका छन्। रुसी सेनाले गत बिहीबारदेखि युक्रेनमाथि स्थल तथा हवाई हमला गरिरहेको छ ।

संयुक्त राष्ट्रसंंघको शरणार्थीसम्बन्धी उच्च आयुक्त फिलिप्पो ग्रान्डीले ट्विटरमा एक विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘बन्दुकहरु बिसाउन बिन्ती गर्छु, ताकि देशमा रहेका लाखौंलाई जीवन बचाउने मानवीय सहायता प्रदान गर्न सकियोस ।’

लगभग १ करोड २० लाख भन्दा बढि मानिस युद्धका कारण आन्तरिक रुपमा विस्थापित हुने र उनीहरुलाई ठुलो राहत आवश्यक पर्ने सो निकायले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?