सेटिङमा सेयर कारोबार हुने गरेको छ: अर्थमन्त्री

`

     २०७८ फाल्गुन १८ गते ७:३०

काठमाडौँ, फागुन १८ । अर्थमन्त्री जनार्दन शर्माले नेपाली सेयर बजारमा सेटिङमा कारोबार हुने गरेको बताएका छन् ।

बुधबार धितोपत्र बोर्ड र नेपमल स्टक एक्सचेञ्जका प्रमुखलाई राखेर गरिएको पत्रकार सम्मेलनमा अर्थमन्त्री शर्माले यस्तो बताएका हुन् ।

सेयर बजारमा इन्साइडर ट्रेडिङ धेरै हुने गरेको भन्दै अर्थमन्त्री शर्माले यसलाई रोक्नुपर्ने बताए । अन्य देशहरूमा आज किनेर आजै बिक्री गर्न सकिने प्रणाली रहेको भन्दै उनले नेपाली पूँजी बजारमा पनि यो भित्र्याउन पर्ने बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?