काठमाडौँ, १७ फागुन । हालसालै प्रदशनमा आएको फिल्म ‘म यस्तो गीत गाउँछु २’ले हलमा दर्शक तान्न सफल भएपछि उत्साहित बनेका निर्माताहरुले आफ्नो चलचित्रको प्रदर्शन मिति तय गर्दै प्रचार पनि सुरु गरेका छन् ।
यसैबीच, अभिनेता सौगात मल्ल र अभिनेत्री सृष्टि श्रेष्ठको मुख्य भूमिका रहेको चलचित्र ‘द सेक्रेट अफ राधा’को पनि प्रदर्शन मिति तय गरिएको छ । यो चलचित्रलाई आगामी वर्षको भदौ २४ गतेबाट देशभरका हलमा रिलिज गरिने निर्देशक सुवर्ण थापाले जानकारी दिए ।
सुवर्णले नै निर्देशन गरेको अर्को चलचित्र ‘म’को प्रदर्शन मिति जेठलाई तोकिएको छ ।
सौगात मल्लको समेत लगानी रहेको यो चलचित्रको छायांकन काठमाडौं र चित्लाङका विभिन्न रमणीय स्थानमा गरिएको छ ।