काठमाडौँ, २८ पौष । नेपाली अभिनेता विपिन कार्कीले बलिउड फिल्म भएको छ ।
उनले ‘एनिमल’ नामक फिल्मको मुख्य भूमिकाका लागि उनी छनौट भएको विपिनले बताए ।
‘निर्देशक टिमबाट मलाई फिल्म अभिनयको लागि फोन आएको थियो । फिल्म अभिनय पक्कापक्की भएको छ’ विपिनले भने ‘सुटिङ जुलाई तथा अगष्टमा भनिएको छ । काम गर्ने कुरो फाइनल भयो ।’ सेल्फी किङ हेरेर प्रभावित भएपछि सो फिल्म अफर गरेको उनले सुनाए । अहिले औपचारिक सम्झौता भने भएको छैन ।
सन्दिप रेड्डी भांगाले निर्देशन गर्न लागेको ‘एनिमल’ मा रणवीर कपुर, अनिल कपुर, बबि देओल र परिनीति चोपडा लगायतको अभिनय रहनेछ ।
विपिनको यो पहिलो बलिउड फिल्म हुनेछ ।