काठमाडौँ, २४ पौष । कलाकार दीपकराज गिरीले होस्ट गर्ने टिभी सिरिज ‘क्राइम पेट्रोल’ को प्रिमियर गरिएको छ ।
शुक्रबार राजधानीको बिग मूभिजमा रंगपत्रकार तथा फिल्मकर्मी माझ सिरिज प्रिमियर गरिएको छ । सिरिज विशाल सापकोटाले निर्देशन गरेका हुन् । सिरिज आगामी बुधबारदेखि ग्यालेक्सी फोरके टिभीबाट प्रसारणमा आउन लागेको हो ।
कार्यक्रममा कलाकार दीपकले सिरिजको होस्ट आफ्नो सिक्ने प्रयास रहेको बताए । टेलिभिजनका प्रबन्ध निर्देशक र रवि लामिछानेले गुणस्तरीय कार्यक्रम उत्पादन गर्ने क्रममा सिरिज ल्याउन लागेको बताए ।
‘क्राइम पेट्रोल’ सम्पदा मल्ल र उनको टिमले निर्माण गर्न लागेको हो ।