सर्वाधिक कमाइ गर्ने चलचित्र ‘अवतार २’को छायाङ्कन सकियो, २०२२ डिसेम्बर १६ मा रिलिज गर्ने

`

     २०७८ पौष ०२ गते ७:३३

एजेन्सि, २ पौष । सन् २००९ मा रिलिज भएको हलिउडको सर्वाधिक कमाइ गर्न सफल चलचित्र ‘अवतार’को दोस्रो सिरिजको छायांकन सम्पन्न भएको छ ।

जेम्स क्यामरुनको निर्देशनमा बनेको यो चलचित्रको पाँचवटा सिरिज बनाउने घोषणा सन् २०१० मा गरिएको थियो । आठ पटकसम्म निरन्तर पोष्टपोन्ड भएपछि ‘अवतार २’ सन् २०२२ को डिसेम्बर १६ मा रिलिज गर्ने तयारी गरिएको छ ।

यो चलचित्रको दोस्रोदेखि पाँचौं सिरिजको निर्माणका लागि १७ हजार करोड डलर लाग्ने बताइएको छ । सन् २००९ मा २ हजार ९०० करोडमा तयार भएको ‘अवतार’ले ३२ हजार ५ सय करोड कमाएको थियो ।

‘अवतार २’ले ‘अवतार’को रेकर्ड ब्रेक गर्ने अनुमान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?