काठमाडौं,फागुन १७ । वैशाख ३० गते हुने स्थानीय निर्वाचन सुरक्षाका लागि भर्ना हुने म्यादी प्रहरी कर्मचारीलाई प्रहरी जवानसरह करिब २४ हजार तलब, पोसाक भत्ता पाँच हजार र खाजा खर्च उपलब्ध गराउने व्यवस्था गरिएको छ। कार्यावधि भने घटाउने तयारी गरिएको छ । म्यादी प्रहरीको कार्यावधि विगतमा ५५ देखि ६० दिनको हुन्थ्यो तर यसपटक भने एक महिना वा ४० दिनमात्र बनाउने तयारी गरिएको छ ।
निर्वाचन आउन अगावै म्यादी प्रहरीलाई हप्तादेखि दस दिनको तालिम दिइसक्नुपर्ने हुन्छ। निर्वाचन आउन अझै ७५ दिन बाँकी रहेको छ । तलब सुविधासहित विगतमा दुई महिनामा म्यादीलाई बिदाइ गरिन्थ्यो भने यसपटक एक महिना १० दिनभित्रै बिदाइ गरिसक्ने तयारी भएको नेपाल प्रहरीको निर्वाचन सुरक्षा कार्ययोजनामा उल्लेख गरिएको छ । खबर आजको गोरखापत्र दैनिकमा छापिएको छ ।




