काठमाडौं, फागुन १३ । पार्टीभित्र चर्किएको अन्तरद्वन्द्वको विषयलाई लिएर जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय कार्यकारिणी बैठक इमाडोलस्थित इन्द्रेणी ब्यांकेटमा सुरु भएको छ। साथै बैठकमा एमसीसीलगायत समसमायिक राजनीतिक विषयमा समेत छलफल भइरहेको प्रमुख सचेतक समेत रहेका नेता प्रमोद साहले जानकारी दिएका छन् ।
इमाडोलस्थित इन्द्रेणी ब्यांकेटमा बसेको बैठकमा कार्यकारिणी सदस्यहरुले आ-आफ्ना विचारहरु राखिरहेका छन्। बैठकले सरकारले संसदमा पेस गरेको एमसीसी सम्झौताको विषयमा आधिकारिक धारणा बनाउने उनले बताए।




