नेपाल सरकार र विश्व बैङ्कसँग बिच ऋण सम्झौता, २ अर्ब १४ करोडको बराबरको रकम उपलब्ध गराउने

`

     २०७८ फाल्गुन १३ गते ७:४५

काठमाडौँ, फाल्गुण १३ । नेपाल सरकारले विश्व बैंकसँग २ अर्ब १४ करोड बराबरको सहुलियतपूर्ण ऋण सम्झौता गरेको छ ।

शुक्रबार अर्थ मन्त्रालयमा सरकारका तर्फबाट अर्थ सचिव मधुकुमार मरासिनी र बैंकका तर्फबाट नेपालसहित माल्दिभ्स र श्रीलंकाका लागि राष्ट्रिय निर्देशक फारिस हदाद–जर्भोसले सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

सो ऋण नेपालले कोभिड १९ विरुद्धको खोप खरिदमा उपयोग गर्नेछ ।

त्यस्तै विश्व बैंकका नेपाल, माल्दिभ्स एवम् श्रीलंकाका लागि राष्ट्रिय निर्देशक जर्भोसले विश्व बैंकले दिन लागेको थप ऋण सहायताबाट नेपालको ठूलो जनसंख्यालाई खोप व्यवस्था गर्न पुग्ने विश्वास व्यक्त गरे ।

थप सहुलियतपूर्ण ऋण सहायता र कोभिड १९ आपतकालीन प्रतिकार्य तथा स्वास्थ्य प्रणाली पूर्वतयारी आयोजनाले कोभिड महामारीले निम्त्याएको खतराको पहिचान, रोकथाम तथा प्रतिकार्यका साथै नेपालको जनस्वास्थ्य पूर्वतयारी सम्बन्धी प्रणालीको सुदृढिकरण गर्ने साझा उद्देश्य राखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?