काठमाडौं, फागुन १२ । पूर्वी युक्रेनमा विखन्डनकारीको नियन्त्रणमा रहेको दुई क्षेत्रमा रुसले आफ्ना सेना पठाउने आदेश दिएपछि युक्रेनले आपतकाल घोषणा गरेको छ । रुसको आक्रमण र युद्धको त्रासबीच आपतकाल घोषणा गरिएको हो । यसअघि युक्रेन,अमेरिका,युरोप लगायत देशहरुले रुसबाट आफ्ना सबै नागरिकहरु फर्किन आदेश दिईसकेको छ ।
रुसले आफ्ना सेनाहरु पूर्वी युक्रेन शान्ति मिसनमा खटिने जनाएको छ । उता अमेरिका,युक्रेनलगायत पश्चिमेली देशहरुले यसलाई रुसको अतिक्रमणको बहाना बताउँदै आएका छन् ।
अमेरिका लगायत पश्चिमेली मुलुकहरुले रुसी कदमलाई लिएर उमाथि विभिन्न प्रतिबन्ध लगाईसकेका छन् । संयुक्त राष्ट्रसंघलगायत अन्तर्राष्ट्रिय समुदायले रुसी कदमको निन्दा गरिरहेका छन् । यसैबिच अमेरिकाले रुसमाथि कडा प्रतिबन्ध लगाईसके पश्चात निकै ठुलो आक्रमण गर्नसक्ने अन्तर्राष्ट्रिय जानकारहरु बताउँछन् ।



