इतिहासमा आजसम्म पनि राजाहरू बुढाहाङको मुर्तिसम्म नजानुको रहस्य

`

     २०७८ फाल्गुन १० गते ४:२६

‘बुढानीलकण्ठ’ कथित नामाकरण गरिएको यो प्रतिबिम्ब नेपाली इतिहासमा लुकाइएको विशाल किरात देशका शक्तिशाली र सत्य निष्ठाका राजा बुढाहाङसँग जोडिएको पाइन्छ । जब किरातकालिन समयमा आर्यहरूबाट षड्यन्त्र पूर्वक किरात राजा बुढाहाङलाई बचनमा हराए । पूर्व पश्चिम शासन गरेका आफ्ना दाजुभाइहरू सबैको किपोट खोसिँदै गयो । तर उनीले हार मानेनन् । पाँच आर्यहरूले केही गर्दा नि जित्न नसकेपछि आफ्नै जनताहरू आफैँ विरुद्ध उठाएको देखी दुःखित राजा बुढाहाङ आर्यहरूसँग पुनः षड्यन्त्र पूर्वक बचन हार्न तयार हुनुप¥यो, आर्यहरूसँग सम्झौता भयो । आजबाट यो मेरो सन्तान र प्रजा मैले तिमीहरूलाई जिम्मा लाएँ । पछि २००० वर्ष पछि आर्यहरूका ५ दाजुभाइ/सन्तानहरूले यो देश पूर्ण किरातका सन्तानहरूलाई बुझाउनु पर्नेछ । यति भनेपछि आर्यहरूले २००० कम भयो ५० वर्ष थप्नुप¥यो भनेर मागे । किरात राजाले ल ठिक छ ५० वर्ष थप भयो तर यदि त्यो समय भन्दा पछि आर्य र आर्यका कुनै वंशले शासन गरे या राज गद्दीमा बसे वंश विनाश हुनेछ भन्ने सर्त मन्जुर भयो । आर्यका राजाहरू स्वयम् खुसी भएर २००० वर्ष त के आजबाट नै हामी तिमीसँग भेट त के मुख हेरे मात्र हाम्रो वंश विनाश होस् भनी फर्किए । यसरी आर्यहरूसँग वचन बाँधेपछि आफ्नो जनताहरूको पिडाको निम्ति पुनः आउने बाचाका साथ बुढाहाङ पानीमा समाहित भएका थिए भन्ने किंवदन्ती छ । त्यसैले इतिहासमा आर्य राजाहरू कोही पनि यहाँ नगएको आज सम्मको इतिहास छ ।

–डी आर किराती
स्रोतः फेसबुक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?