काठमाडौं, फागुन ९ । आगामी हिमाल आरोहणको सिजनमा नेपाली सेनाले ‘सफा हिमाल अभियान’ चलाउने भएको छ । नेपाली सेनाले सगरमाथा, ल्होत्से, कञ्चनजङ्घा र मनास्लु हिमालमा यस्तो अभियान चलाउन लागेको हो ।
सगरमाथा तथा ल्होत्सेका लागि ११ जना, कञ्चनजङ्घाका लागि ९ र मनास्लु हिमालका लागि ९ जना गरी जम्मा २९ जना सैनिकहरु हिमाल आरोहणमा खटिने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बताएको छ ।
वसन्त ऋतु नेपालमा हिमाल आरोहणको मूख्य सिजन हो । यसै सिजनमा नेपाली सेनाले समेत सफा हिमाल अभियान चलाउने भएको हो । पर्यटन मन्त्रालयले यस्तो आरोहणमा लाग्ने रोयल्टी दस्तुर छुट दिने निर्णय गरेको छ।




