काठमाडौँ, फाल्गुन ९ । सोमबार नेप्सेमा २५.४१ अंकको वृद्धि भएको छ ।
सो अंकले बढेर नेप्से आज २७१८ अंकमा कायम भएको छ । आज २ अर्ब ९९ करोडमा सीमित भयो ।
बैंकिङ १६, ब्यापार ८, होटल तथा पर्यटन ३४, विकास बैंक २२, जलविद्युत ७२, फाइनान्स २७, निर्जीवन बीमा ३९, उत्पादन ६६, अन्य २९, लघुवित्त १२, जीवन बीमा १९ र लगानी उपसमूह १ अंकले बढे ।
कुल १५४ कम्पनीको मूल्य बढ्दा ३३ को घट्यो भने ४ को स्थिर रह्यो । युनाइटेड इदी मर्दीको मूल्य १० प्रतिशतले बढ्यो । गुराँस लघुवित्तको मूल्य ९.६ तथा नेपाल हाइड्रो डेभलपर्सको ७.१ प्रतिशतले बढ्यो ।
कारोबारका आधारमा नेपाल टेलिकम, जीवन विकास लघुवित्त, अरुणभ्याली हाइड्रोपावर, अपी पावर र नेसनल हाइड्रोपावर क्रमशस् अगाडि रहे ।




