मल्ल र शाहवंशीय राजाहरूले किरात राजा बुढाहाङलाई युद्धमा हराउन नसक्दा तिनीहरूले एउटा घोर षडयन्त्र रचेर बुढाहाङलाई दावतमा आमन्त्रित गरे र त्यो आमन्त्रणलाई सहजै स्वीकार गरेर बुढाहाङ त्यो दावतमा सामिल भए र त्यही मौका हेरी मल्ल या शाहवंशीय राजाहरूले दैविक शक्तिद्वारा बुढाहाङलाई शिलामा परिणत गरी पानीमा डुबाईदिएका थिए।
पछि पछि किरातहरू त्यस शिलामा कोदो मर्चा अदुवा लगेर पुजा गर्दा त्यो शिला कम्पन (हल्लिने) हुने गर्दथ्यो र यो कुरा मल्ल र शाह राजाहरूले थाहा पाएर त्यो बुढाहाङको शिलालाई कसैले थाहा नपाउने गुप्त ठाँउमा लुकाएर राखिदिए साथै त्यो असली शिला भएको जग्गामा चै नक्कली शिला राखिदिए जसलाई आज बुढानिलकण्ठ भनेर चिनिन्छ ।
किरात चाङफेवाहाङ वंशका यङलुहोङ यलम्वर इशापूर्व तेश्रो सताब्दी तिर नेपाल उपत्यकाका राजा भए । उनले महिषपालवंशी राजाहरुलाई हराई त्यहाँ आफ्नो राज्यकेन्द्र स्थापना गरेका थिए । उनी र उनका सन्ततीहरुले उपत्यकामा बत्तीसौँ पुस्ता सम्म शासन गरे ।
किरातहरूको राज्यमा कैयौँ पटक विशाल शक्ति लगाउँदा पनि लिच्छवीहरूले हार व्यहोर्नु परे पछि किरातहरूको शक्तिकेन्द्र सम्बन्धी जानकारी लिन उनीहरूले किरात चेलीसँग नाटकीय माया रची विवाह गरेका थिए ।
यो तथ्य इतिहासमा पढ्न पाउँछौ । त्यतिखेर तिनको शासन सुव्यवस्थालाई देखेर लिच्छवीवंशी आर्य जातिहरु ईष्याले जल्दथे । उनीहरुले कैयौँ पटक किरात राज्यमा आक्रमण गरे । तर हरेक पटक हार व्यहोर्थे । कारण किरातहरु नाग वृक्ष हावा पानी आगो चट्याङ हेन्खामा र निनाम्माको पूजा अर्चना गर्दथे ।
सुरुमा किरातहरू जाँड रक्सी खाँदैनथे । काटमार गर्दैनथे । किरातहरूको सुप्तुलुङमा वित्तल पार्न लिच्छवीहरूले जाँडरक्सी खन्याइदिए । सुँगुर र कुखुराको बली चढाए । यसरी किरात शक्तिकेन्द्रमा वित्तल पारे ।
साथै किरातहरुले आफ्ना तीन चुलालाई सुम्निमा पारुहाङ र दृष्टिकर्ता निरेवाभुमोङको रुपमा पूजा गर्दथे । तिनै प्रकृति र सुप्तुलुङबाट किरातहरुले अथाह शक्ति प्राप्त गर्दथे । पछि किरात चेलीलाई टुनामुना लगाई उनीहरुले फसाए । यो उनीहरुको कुटनीतिक जालझेल थियो । किरातहरुको पतनको इतिहास यहीँबाट शुरु हुन्छ ।
किरातहरूको राज्यमा कैयौँ पटक विशाल शक्ति लगाउँदा पनि लिच्छवीहरूले हार व्यहोर्नु परे पछि किरातहरूको शक्तिकेन्द्र सम्बन्धी जानकारी लिन उनीहरूले किरात चेलीसँग नाटकीय माया रची विवाह गरेका थिए । देखावटी रूपमा उनले श्रीमानबाट धेरै माया पाएकी थिइन् ।
त्यसै त किरातहरू कोमल हृदयका हुन्छन् । श्रीमानको अभूतपूर्व मायाको जालमा फसेकी किरात चेलीले श्रीमान् समक्ष आफ्ना माइती किरात हरूको शक्तिकेन्द्रका बारेमा एक पछि अर्को गर्दै जानकारी गर्दै गइन् । उनले आफ्नो श्रीमानलाई सर्वस्व ठानेकी थिइन् ।
क्रमैसँग किरातहरूको मौलिक भाषा संस्कृति र परम्पराहरू माथि लिच्छवी शासकहरूले प्रतिबन्ध लगाउँदै गए । लिच्छवी वंशी आर्यहरू किरातहरूको समूल नास चाहन्थे । जसको लागि किरात सांस्कृतिक धरोहरमा प्रतिबन्ध लगाएका थिए । तिनले किरात वेद मुन्दुम र किरात शिलालेखहरू नष्ट गर्दै लगे । उनीहरूले किरात चेलीबाट किरात धर्म र संस्कार किरातहरूको महत्त्वपूर्ण शक्तिकेन्द्र हो भन्ने थाहा पाएका थिए ।
यद्यपि उनलाई आफ्ना माइतीको माया पनि बचेकै थियो । त्यसैले उनले आफ्ना बाउ माइतीको शक्ति श्रोतको बारे सुनाउनु अगाडि उनले श्रीमानलाई तीन वटा बाचा गर्न लगाएकी थिइन् । ती तीन वटा बाचाहरू: १) बाउलाई नमार्नु २) दाजुलाई नमार्नु र ३) भाइलाई नमार्नु थिए ।
लिच्छवी वंशी आर्य जातिको कूटनीति यसरी सफल भयो । उनीहरूले किरातहरूको शक्तिकेन्द्र र तिनको कमीकमजोरीको बारेमा किरात चेली बाटै थाहा पाए । त्यसपछि लिच्छवीहरूले सर्वप्रथम किरात शक्तिश्रोतहरुलाई वित्तल पारे ।
तिनको सांस्कृतिक धरोहरहरू नास गर्न थाले । कूल पितृ र भूमिदेवहरूलाई वित्तल पार्न थाले । सुरुमा किरातहरू जाँड रक्सी खाँदैनथे । काटमार गर्दैनथे । किरातहरूको सुप्तुलुङमा वित्तल पार्न लिच्छवीहरूले जाँडरक्सी खन्याइदिए । सुँगुर र कुखुराको बली चढाए । यसरी किरात शक्तिकेन्द्रमा वित्तल पारे ।
र अन्तमा तत्कालीन किरात राजा खिगुहोङलाई पराजित गरेरै छाडे । राजा खिगुहोङलाई उपत्यकाको अन्तिम किरात राजा मानिन्छ । उनी यङलुहोङ यलम्वरका बत्तीसौँ सन्तान थिए । उपत्यकामा किरात राजा खिगुहाङले पराजय भोगे पछि आर्यहरूको किरातहरू माथि दबदबा बढ्दै गयो ।
क्रमैसँग किरातहरूको मौलिक भाषा संस्कृति र परम्पराहरू माथि लिच्छवी शासकहरूले प्रतिबन्ध लगाउँदै गए । लिच्छवी वंशी आर्यहरू किरातहरूको समूल नास चाहन्थे । जसको लागि किरात सांस्कृतिक धरोहरमा प्रतिबन्ध लगाएका थिए । तिनले किरात वेद मुन्दुम र किरात शिलालेखहरू नष्ट गर्दै लगे । उनीहरूले किरात चेलीबाट किरात धर्म र संस्कार किरातहरूको महत्त्वपूर्ण शक्तिकेन्द्र हो भन्ने थाहा पाएका थिए ।
आफ्नो मुन्दुम भाषा संस्कृति र परम्पराको सुरक्षाका निम्ति खिगुहोङले उपत्यका छोडे पनि स्थायी बसोबास र पूर्व शिलालेखहरूको अभावमा तिनको मौलिकता क्रमशः नास हुँदै गयो ।
यसरी तिनको किरातहरू माथिको दबाब बढ्दै गए पछि किरात राजा खिगुहोङ उपत्यकाबाट पूर्वतिर लागे । केही किरातहरू उपत्यकामा नै रहे । हाल उपत्यकाका ज्यापुहरू किरात राजाका सन्तति हुन् भन्ने भनाई छ । मिथाहोङ पालुन पुमा राई वंशावली – २०६२ खिगुहोङ काठमाडौँबाट पूर्व लागि बनेपालाई आफ्नो राज्य केन्द्र बनाए । उनको छोरो योक्नेहोङ त्यहाँका दोस्रो राजा भए । योक्नेहाङका दुई छोराहरू भए ।
उनीहरू लेलिमहोङ र खम्सोङहोङ थिए । योक्नेहोङको मृत्यु पछि उनका छोराहरूले सन् ६०० राज्य विभाजन गरे । राज्य विभाजन अनुसार लेलिमहोङ लिम्वुवन र खम्सोङहोङ खम्बुवानको राजा भए । खम्सोङहोङका छोरा जुमहोङ थिए । जुमहोङका छोरा खम्बुहोङ भए । खम्बुहोङले आफ्नो राज्य केन्द्र बेलकातरी वालिखामा सारे ।
इतिहास अनुसार किरातहरू उपत्यकाबाट बनेपा हुँदै बेलकातरी सम्म पुग्दा जङ्गली रूपमा परिणत भइसकेका थिए । आफ्नो मुन्दुम भाषा संस्कृति र परम्पराको सुरक्षाका निम्ति खिगुहोङले उपत्यका छोडे पनि स्थायी बसोबास र पूर्व शिलालेखहरूको अभावमा तिनको मौलिकता क्रमशः नास हुँदै गयो । यसरी समय क्रम सँगै किरातहरूले आफ्नो मौलिकताका धेरै हद सम्म गुमाउन पुगे । उनीहरू शतप्रतिशत वनमा निर्भर हुन पुगे । वनकै कन्दमूल तरुल र खोलाको माछा तिनको मुख्य आहारा बनेको थियो भन्ने आख्यानहरू पाइन्छन् ।




