ओमानविरुद्ध नेपालको ३९ रनको शानदार जित

`

     २०७८ फाल्गुन ०६ गते ९:२०

काठमाडौँ, ६ फाल्गुण । नेपालले आईसीसी पुरुष टी-२० विश्वकप ग्लोबल छनोटअन्तर्गत विजयी शुरुवात गरेको छ ।

टी-२० विश्वकप ग्लोबल क्वालिफायरको पहिलो खेलमा नेपालले ओमानविरुद्ध ३९ रनको जित हासिल गर्दै विजयी शुरुवात गरेको हो ।

नेपालले दिएको ११८ रनको लक्ष्य पछाएको ओमान १७ ओभरमा अल आउट हुदै ७८ रन मात्र बनाएको थियो ।

ओमानका लागि नसीम खुशीले २४ रन बनाए भने अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन ।

नेपाली बलरहरुले यस खेलमा उत्कृष्ट बलिङ गर्दै जित हासिल गरेको छ ।

नेपालका बलर कमल सिंह ऐरीले ३ विकेट लिए भने सन्दीप लामिछाने र दिपेन्द्र सिंह ऐरीले २-२ तथा जितेन्द्र मुखिया र अविनाश बोहोराले एक एक विकेट लिएका थिए । यस अघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ८ विकेट गुमाउदै ११७ रन बनाएको थियो ।

नेपालका लागि आरिफ सेखले सर्बाधिक ३८ रन बनाए भने कप्तान सन्दीप लामिछानेले अविजित ७ बलमा १६ रन बनाएका थिए ।

त्यस्तै लोकेस बमले १६ रन बनाए भने ज्ञानेन्द्र मल्लले १५, दिपेन्द्र सिंह ऐरीले ११ रन बनाएका थिए ।

त्यसैगरी कुशल भुर्तेलले ५, अरिफ सेखले ४, विवेक यादवले ७, कमल सिंह ऐरीले १ रन र् कप्तान सन्दीप लामिछानेले अविजित २ रन बनाएका थिए ।

त्यसैगरी ओमानका बलर खनवर अलीले ३ विकेट लिएका थिए भने बिलाल खानले २ तथा फयाज कालीम र जीशाम मक्शूदले एक एक् विकेट लिएका थिए ।

नेपालले अब दोस्रो खेल शनिबार फिलिपिन्सविरुद्ध खेल्दै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?