काठमाडौँ, ३ फाल्गुण । आज नेप्से ५३.३० अंकले बढेको छ । सो अंकको वृद्धिसंगै नेप्से २७५४ अंकमा कायम भएको छ ।
आज ३ अर्ब २३ करोडको कारोबार भएको छ । यसअघि हिजो ३ अर्ब ६८ करोडको भएको थियो ।
बैंकिङ १४, विकास बैंक १२७, फाइनान्स ६५, होटल तथा पर्यटन ४९, जलविद्युत् १३८, लगानी २, जीवन बीमा १८७, उत्पादन ३७, लघुवित्त १४५, निर्जीवन बीमा १८५, अन्य ७५ र ब्यापार उपसमूह ३९ अंकले बढे ।
कुल १७९ कम्पनीको मूल्य बढ्दा ७ को घट्यो भने ५ को स्थिर रह्यो ।
न्यादी जलविद्युत् कम्पनीको मूल्य १० प्रतिशत, तेह्रथुम पावरको ८.७ र हिमालय उर्जाको ७.७ प्रतिशतले बढ्यो ।




