नेपाल र आयरल्यान्ड भिड्दै, खेल नेपाली समयानुसार अपराह्न ३:४५ मा सुरु हुने

`

     २०७८ फाल्गुन ०२ गते ८:३४

काठमाडौँ, २ फाल्गुण । ओमानमा जारी चारदेशीय टी–ट्वान्टी सिरिजअन्तर्गत अन्तिम खेलमा नेपालले सोमबार आयरल्यान्डको सामना गर्दैछ ।

नेपाल र टेस्टराष्ट्र आयरल्यान्डबीचको खेल ओमनको अल अमरेत क्रिकेट मैदानमा नेपाली समयानुसार अपराह्न ३:४५ मा सुरु हुनेछ ।

सिरिजअन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले आयोजक ओमानलाई ६ विकेटले पराजित गरेको थियो ।

त्यस्तै दोस्रो खेलमा भने नेपाल संयुक्त अरब इमिरेट्स (युएई) सँग २५ रनले पराजित भएको थियो ।

यस आयरल्याडसँगको खेलसँगै नेपालको आइसिसी टि ट्वान्टी विश्वकप ग्लोबल छनोट ‘ए’ को सम्पूर्ण तयारी पूरा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?