सेयर बजारमा १०१ अङ्कको गिरावट, कुल ५ अर्ब ९७ करोड रुपैयाँको कारोबार

`

     २०७८ फाल्गुन ०१ गते ९:३०

काठमाडौँ, १ फाल्गुण । साताको पहिलो दिन आइतबार परिसूचक नेप्से १०१.२४ अंकले घटेको छ । सो अंकको कमीपछि परिसूचक २७ सयमा झरेको छ ।

कुल ५ अर्ब ९७ करोड रुपैयाँको कारोबार भयो । सबै उपसमूहहरू घटेका छन् । बैंकिङ ४२, व्यापार ६८, होटल तथा पर्यटन १०९, विकास बैंक २०६, जलविद्युत १८४, फाइनान्स ११२, निर्जीवन बीमा ५५२, उत्पादन ३३५, अन्य ७३, लघुवित्त १८६ र जीवन बीमा उपसमूह ६०४ अंकले घटे ।

एउटा कम्पनीको मूल्य स्थिर रह्यो भने १९० कम्पनीको मूल्य घट्यो । धेरै कारोबार रकमका आधारमा माथिल्लो तामाकोसी, अरुणभ्याली हाइड्रोपावर, निफ्रा, नेसनल हाइड्रोपावर र अपी पावर क्रमशस् अगाडि रहे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?