काठमाडौँ, २८ माघ । चारदेशीय ट्वान्टी-२० शृंखलाको पहिलो खेलमा नेपालले पहिला बलिङ गर्ने निर्णय गरेका छ । नेपालले टस जितेर पहिला फिल्डिङ रोजेको हो ।
ओमानको राजधानी मस्कटमा शुक्रबार सुरु प्रतियोगितामा नेपालले ओमानलाई पहिला ब्याटिङमा बोलाएको हो । दुवै टोलीले यस प्रतियोगितालाई अर्को साता सुरु हुने ट्वान्टी-२० विश्वकपको छनोटको रुपमा लिएका छन् ।
ओमान र नेपाल ट्वान्टी-२० मा तेस्रोपटक भिड्न लागेका हुन् ।




