बिग्रेड ब्वाइज माथि फ्रेन्ड्स क्लबको जित

`

     २०७८ माघ २८ गते १०:११

काठमाडौँ, २८ माघ । फ्रेन्ड्स क्लबले बिग्रेड ब्वाइज क्लब (बीबीसी) लाई ५-२ अन्तरले पराजित गर्दै सहिद स्मारक ए डिभिजन लिग-२०७८ मा पहिलो जित निकालेको छ ।

दशौ चरणको जितसंगै ३ अंक बटुलेको फ्रेन्ड्स रेलिगेशन जोनबाट बाहिर निस्किएको छ ।

फ्रेन्ड्सको जितमा सुशील र एन्थोनीसंगै श्याम बाबू क्यापछकीले एक गोल गरे ।

खेलको अन्तिम समयमा पाएको पेनाल्टी सदुपयोग गर्दै बीबीसीका कप्तान अनिल गुरुङले घरेलु मैदानमा आठ वर्षपछी गोल गरे ।

दशरथ रंगाशालामा शुक्रबार भएको दशौं चरणको पहिलो खेलमा लिगको पहिलो जित निकालेको फ्रेन्ड्स तीन अंक जोड्दै तालिकाको १२औं स्थानमा उक्लिएको छ भने बीबीसी ६ अंक सहित १३औं स्थानमा झरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?