बजेटको अर्धवार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक

`

     २०७८ माघ २७ गते ९:४४

काठमाडौँ, २७ माघ । सरकारले चालु आर्थिक वर्ष २०७८/७९ को बजेटमा अर्धवार्षिक मूल्यांकन प्रतिवेदन सार्वजनिक गरेको छ ।

अर्थ मन्त्रालयमा बिहीबार आयोजित एक कार्यक्रममार्फत समीक्षा प्रतिवेदन सार्वजनिक गरिएको हो ।अर्धवार्षिक समीक्षामार्फत सरकारले बजेटको आकार समेत घटाएको छ । सरकारले चालु आर्थिक वर्षमा १५ खर्ब ४६ अर्ब बराबर मात्रै बजेट खर्च हुने संशोधित अनुमान सार्वजनिक गरेको छ ।

अर्थमन्त्री जनार्दन शर्माले चालु आर्थिक वर्षमा पुँजीगत तर्फ ३ खर्ब ४० अर्ब अर्थात विनियोजित बजेटको ९० प्रतिशत खर्च गर्ने पनि बताए । विकास बजेट बढाउनका लागि सरकारले सबै शक्ति प्रयोग गर्ने उनको भनाइ छ । उक्त कार्यक्रममा शर्माले कोभिड(-१९ महामारी पछिको अर्थतन्त्र पुनरुत्थानमा उत्साहजनक प्रगति देखिएको बताए ।

विकास खर्च बढ्न नसक्नुमा संरचनाको सुदृढीकरण प्रमुख समस्या रहेको र विभिन्न ऐन नियमहरु बाधकका रुपमा रहेको अर्थमन्त्री शर्माले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?