काठमाडौँ, २७ माघ । साताको कारोबारको अन्तिम दिन विहिबार पनि नेप्सेमा ११.९६ अंकको गिरावट आएको छ । सो अंकको गिरावटसंगै नेप्से २८०१.५६ विन्दुमा पुगेको छ ।
विहिबार कारोबार भएका २२७ कम्पनिका ४९ हजार ५ कित्ता शेयर कारोबार भएका छन् भने आज केवल ३ अर्ब ८२ करोड ९५ लाखभन्दा बढीको कारोबार भएको छ ।
त्यसैगरी आज कारोबारमा आएका म्युचुअल फण्ड, अन्य र ट्रेडिङ उपसूचक बाहेक सबै उपसूचकको शेयर मुल्य घटेको छ ।
त्यस्तै, नेइल इक्विटी फण्डको शेयर मुल्य सबैभन्दा बढी २.७६ प्रतिशतले बढेको छ भने सिन्धु विकास बैंकको शेयर मुल्य २.२० प्रतिशतले बढेको छ ।
त्यसैगरी आज मिथिला लघु वित्तको शेयर मुल्य सबैभन्दा बढी ४ प्रतिशतले घटेको छ ।
विहिबार नेपाल टेलिकमको सबै भन्दा धेरै शेयर कारोबार भएको छ ।




