काठमाडौँ, २५ माघ । आज सेयर बजारको परिसूचक नेप्सेमा १६.३० अंकको गिरावट आएको छ । सो अंकको गिरावट पछि परिसूचक २८३५ अंकमा कायम भएको छ ।
कुल ६ अर्ब २८ करोड रुपैयाँको कारोबार भएको छ । यसअघि सोमबार ५ अर्ब २ करोडको कारोबार हुँदा परिसूचक १५ अंकले बढेको थियो ।
आज बैंकिङ ६, विकास बैंक ५१, फाइनान्स ९, जलविद्युत ५३, जीवन बीमा १६८, माइक्रोफाइनान्स ३५ र अन्य उपसमूह २ अंकले घटे । त्यस्तै व्यपार २, निर्जीवन बीमा ५६, उत्पादन २७ र होटल तथा पर्यटन ३ अंकले बढे ।
कुल ४० कम्पनीको मूल्य बढ्यो भने १४० कम्पनीको घट्यो । ११ कम्पनीको मूल्य भने स्थिर रह्यो ।




