काठमाडौँ, २४ माघ । सोमबार सेयर बजारको परिसूचक नेप्से १५.६९ अंकले बढेर परिसूचक २८५१ अंकमा कायम भएको छ । यस दिन ५ अर्ब २ करोड रुपैयाँको कारोबार भयो ।
बैंकिङ ३, होटल तथा पर्यटन ४ र माइक्रोफाइनान्स उपसमूह ४ अंकले घटे । विकास बैंक २६, फाइनान्स ८, जलविद्युत् ६, लगानी २, जीवन बीमा १२४, उत्पादन ३४, निर्जीवन बीमा ७६, अन्य ५४ र व्यापार उपसमूह ७ अंकले बढे ।
कुल १०५ कम्पनीको मूल्य बढ्यो भने ७० को घट्यो । १५ कम्पनीको मूल्य स्थिर रह्यो ।
सोमबार निफ्राको सबैभन्दा धेरै मूल्य बढ्यो । सो कम्पनीको मूल्य ८.४ प्रतिशतले बढेर प्रतिकित्ता ४१२ रुपैयाँ पुगेको छ । छ्यांदी हाइड्रोको मूल्य ६ प्रतिशतले बढ्यो ।
कारोबार रकमका आधारमा पनि निफ्रा सबैभन्दा अगाडि रह्यो । सो कम्पनीको ४९ करोड रुपैयाँ बराबरको कारोबार भयो । नेसनल हाइड्रो, अरुणभ्याली, टेलिकम र नेपाल लाइफ इन्स्योरेन्स कम्पनी पनि कारोबार रकमका आधारमा अगाडि रहे ।




