काठमाडौँ, २१ माघ । नेपाल राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् ।
शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटर पुगेका मुख्य प्रशिक्षक अल्मुताइरीले नेपाली फुटबल खेलाडी मिहिनती रहेको बताउँदै अन्तर्राष्ट्रिय एक्सपोजरको आवश्यकता रहेको बताएका थिए । सरकारले अल्मुताइरीलाई आज सम्मान गरेको थियो ।
साफ च्याम्पियनसिपको फाइनल पुग्न सफल नेपाली फुटबल टीमका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीलाई प्रधानमन्त्री देउवाले सम्मान गरेका हुन् ।
शुक्रबारै अल्मुताइरीले नेपाल महिला भलिबल राष्ट्रिय टिमका खेलाडीहरूसँग पनि बालुवाटारमा भेट गरेका थिए ।




