सर्वाेत्तम सिमेन्ट अत्याधुनिक यूरोपियन भि.आर.एम. प्रविधिद्वारा सिमेन्ट उत्पादन गर्ने नेपालकै पहिलो सिमेन्ट उद्योग हो । आइ.एस.ओ. ९००१ गुणस्तर प्रमाणित, १४००१ वातावरण–मैत्री प्रमाणित र नेपाल गुणस्तर प्रमाणित समेत भएको कम्पनीले ४३ ग्रेड र ५३ ग्रेडमा ग्रिन सर्वाेत्तम ओ.पि.सि र सौरभ ग्रिन पि.पि.सि नामक ब्राण्डका सिमेन्टहरु नेपालभर सर्वत्र बिक्रीवितरण गरिरहेको छ । यस उद्योगद्वारा उत्पादित सिमेन्टको मसिनोपन प्रतिग्राम ४५०० से.मि.२ सम्म रहेको छ । यति मात्र नभई आफ्नै इस्टिम इन्जिनबाट विद्युत उत्पादन गरी सिमेन्टको गुणस्तरमा एक रुपता प्रदान गर्न कम्पनीले नेपालमै पहिलो पटक एक्स–रे डिफ्राक्सन मेशिनको प्रयोग गर्दै आएको छ ।

यसैगरी, सर्वाेत्तम स्टील Fe500 फलामे डण्डी नयाँ जमानाको यस्तो फलामे डण्डी हो जसले सर्वाेत्तम लचकता तथा मजबूतीलाई एकसमान रुपमा प्रस्तुत गरेको छ ।आफ्नो अद्भुत डायमण्ड रिबका कारण यसले अन्य फलामे डण्डीको तुलनामा कंक्रिटसँग ६०% बढी पकड शक्ति प्रदान गर्छ ।

" /> सर्वोत्तम सिमेन्ट तथा सर्वोत्तम स्टिलका ठेकेदारहरूका लागि रु. ७ लाखको दुर्घटना बिमा योजना - Sarbocha Media

सर्वोत्तम सिमेन्ट तथा सर्वोत्तम स्टिलका ठेकेदारहरूका लागि रु. ७ लाखको दुर्घटना बिमा योजना

`

     २०७८ माघ २१ गते ८:१०

काठमाडौँ, २१ माघ ।  सौरभ ग्रुप अन्तर्गतको चिरपरिचित नाम सर्वोत्तम समेन्ट लिमिटेड तथा सर्वाेत्तम स्टील लिमिटेडले विशेष भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम मार्फत कम्पनीले “सर्वाेत्तमको न्यानो सौगात” नामक योजनाको समेत सुरुवात गरेको छ ।

कम्पनीका भाइस–प्रेसिडेन्ट् सुवास पाण्डेका अनुसार यस योजना अन्तर्गत अब ठेकेदारहरुले आफ्नो साइट रजिष्टर गराए बापत सर्वाेत्तम स्टीलको तर्फबाट ट्रयाक–सुट उपहार तथा सर्वाेत्तम सिमेन्टको तर्फबाट ट्रयाक–सुटका साथै कुनैपनि किसिमका दुर्घटना विरुद्ध रु. ७ लाखको बीमाको सुविधा पाउनेछन् । हाललाई काठमाडौं, ललितपुर र भक्तपुरका १००० ठेकेदारहरुका लाागि बीमा सुविधा प्रदान गराउने लक्षित योजनाको फाइदा लिन ९८०२३२०६०१ मा सम्पर्क गर्न सकिनेछ ।

कम्पनीका प्रोजेक्ट हेड ई. अभिषेक झाले घर बनाउँदा सिमेन्ट र डण्डीको प्रयोग प्राविधिक रुपमा कसरी गर्दा भुकम्प प्रतिरोधात्मक हुन्छ र सिमेन्टको प्रयोग प्राविधक रुपमा उपयुक्त तरिकाले कसरी गर्दा सिमेन्टको खपत पनि कम हुन जान्छ भन्ने बारेमा जानकारी तथा तालिम समेत प्रदान गराएको थियो ।

सर्वाेत्तम सिमेन्ट अत्याधुनिक यूरोपियन भि.आर.एम. प्रविधिद्वारा सिमेन्ट उत्पादन गर्ने नेपालकै पहिलो सिमेन्ट उद्योग हो । आइ.एस.ओ. ९००१ गुणस्तर प्रमाणित, १४००१ वातावरण–मैत्री प्रमाणित र नेपाल गुणस्तर प्रमाणित समेत भएको कम्पनीले ४३ ग्रेड र ५३ ग्रेडमा ग्रिन सर्वाेत्तम ओ.पि.सि र सौरभ ग्रिन पि.पि.सि नामक ब्राण्डका सिमेन्टहरु नेपालभर सर्वत्र बिक्रीवितरण गरिरहेको छ । यस उद्योगद्वारा उत्पादित सिमेन्टको मसिनोपन प्रतिग्राम ४५०० से.मि.२ सम्म रहेको छ । यति मात्र नभई आफ्नै इस्टिम इन्जिनबाट विद्युत उत्पादन गरी सिमेन्टको गुणस्तरमा एक रुपता प्रदान गर्न कम्पनीले नेपालमै पहिलो पटक एक्स–रे डिफ्राक्सन मेशिनको प्रयोग गर्दै आएको छ ।

यसैगरी, सर्वाेत्तम स्टील Fe500 फलामे डण्डी नयाँ जमानाको यस्तो फलामे डण्डी हो जसले सर्वाेत्तम लचकता तथा मजबूतीलाई एकसमान रुपमा प्रस्तुत गरेको छ ।आफ्नो अद्भुत डायमण्ड रिबका कारण यसले अन्य फलामे डण्डीको तुलनामा कंक्रिटसँग ६०% बढी पकड शक्ति प्रदान गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?