पुटिन र सी शुक्रवार राजधानी बेइजिङमा भेट गर्दै

`

     २०७८ माघ २१ गते ५:५६

काठमाडौँ, २१ माघ । चीनका राष्ट्रपति सी जिनपिङ र रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनबीच दुई वर्षपछि पहिलो पटक फेस टु फेस वार्ता हुने भएको छ ।

कोभिड महामारी फैलिन थालेपछि राष्ट्रपति सीले सन् २०२० को जनवरीदेखि चीन छोडेका छैनन् । अहिले भने उनले विश्वका २० भन्दा बढी नेताहरुलाई स्वदेशमा भेट्न पाउने भएका छन् ।

पुटिन र सीबीच राजधानी बेइजिङमा शुक्रबार भेट गर्ने कार्यक्रम छ । भेटअघि दुबै देशहरुले सुरक्षा र अन्य विषयमा उनीहरुको साझा धारणा झल्किने एउटा संयुक्त विज्ञप्ति जारी गर्नेछन् । त्यसपछि दुबै नेता शुक्रबार साँझ सुरु हुने ओलम्पिक खेलको उद्घाटन कार्यक्रममा सहभागी हुनेछन् ।

पश्चिमा मुलुकहरूसँगको तनावसँगै पछिल्ला दिनमा रुस र चीनबीचको सम्बन्ध मजबुत बनेको छ ।

युक्रेन मामिलामा अमेरिका र रुसबीच तनाव बढिरहेका बेला चीनले रुसको समर्थन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?