काठमाडौँ, २० माघ । साताको अन्तिम दिन नेप्सेमा गिरावट आएको छ । आज नेप्से १४.५८ अंकले घटेर आज २८७६.७५ विन्दुमा पुगेको छ ।
विहिबार कारोबार भएका २२४ कम्पनिका एक लाख ८ हजार ३६५ कित्ता शेयर कारोबार भएका छन् भने आज ८ अर्ब ६१ करोड २१ लाखभन्दा बढीको कारोबार भएको छ ।
त्यसैगरी आज कारोबारमा आएका हाइड्रो र निर्जीव वीमा उपसूचक बाहेक अन्य उपसूचकको शेयर मुल्य घटेको छ ।
विहिबार सबैभन्दा बढी फाइनान्सको शेयर मुल्य १.३१ प्रतिशतले घटेको छ ।
त्यस्तै विहिबार वीन लघुवित्तको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ भने बुद्ध भूमि नेपाल हाइड्रोपावरको शेयर मुल्य ९ प्रतिशत भन्दा बढीले बढेको छ ।
त्यसैगरी आज आरएमडिसी लघुवित्तको शेयर मुल्य सबैभन्दा बढी ३.४९ प्रतिशतले घटेको छ ।
विहिबार सबैभन्दा बढी शेयर कारोबार अरुण भ्याली हाइड्रो कम्पनिको आज ८२ करोडभन्दा बढीको कारोबार भएको छ ।




