कुनै पनि हालतमा MCC पास गरेरै छाड्नुपर्छ

`

     २०७८ माघ १९ गते १:३४

काठमाडौं, माघ १९ । सत्ता साझेदार दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र प्रधानमन्त्री शेरबहादुर देउवा बिच आज अमेरिकी सहयोग परियोजना, मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) सम्झौता कुनैपनि हालतमा पास गरेरै छाड्नुपर्ने र त्यसको लागि केके संशोधन गर्नुपर्छ ति संशोधन गर्नुपर्ने बुंदाहरु सहमतिका आधारमा संशोधन गर्नुपर्ने कुरामा सम्झौता भएको छ ।

कुनैपुनि हालतमा एमसीसी पास गर्ने प्रयत्नमा रहेका प्रधानमन्त्री देउवाले बुधबार विहान प्रचण्ड र नेपालसँग भेटवार्ता गरेका थिए । भेटमा एमसीसीबारे छलफल भएको भन्दै अध्यक्ष नेपालले भने, ‘एमसीसीमा सुधार गर्नुपर्ने कुराहरु केके छन् भनेर प्रधानमन्त्रीले सोध्नुभयो ।’उनले अघि भने, ‘सुधार गर्नुपर्ने कुराहरु मलाई उपलब्ध गराउनुस्, देशको हित नहुने कुरा हामी सहमत हुन जरुरी छैन ।’

पूर्वप्रधानमन्त्री समेत रहेका एकीकृत समाजवादीका अध्यक्ष नेपालले सबै देशसँग राम्रो सम्बन्ध राख्न चाहेको, तर आन्तरिक मामिलामा हस्तक्षेप गर्न नदिने उनले बताए । एमाले अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन तोडे एमसीसी पास गर्न सहयोग गर्ने आश्वासन प्रधानमन्त्रीलाई दिएको उनको आरोप छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?