अमेरिकाको राष्ट्रिय ऋण ३०० खर्ब डलर भन्दा धेरै

`

     २०७८ माघ १९ गते ७:१४

एजेन्सि, १९ माघ । अमेरिकाको राष्ट्रिय ऋण ३०० खर्ब डलरभन्दा माथि पुगेको अमेरिकी अर्थ मन्त्रालयले मंगलबार जनाएको छ ।

कोभिडबाट सिर्जित संकट टार्नका लागि वासिङ्टनले अत्याधिक रुपमा थप ऋण लिँदा राष्ट्रिय ऋणले सीमा पार गरेको हो । अमेरिकामा राष्ट्रिय ऋण २०१९ को अन्त्यदेखि ७० खर्ब डलरले बढेको जनाइएको छ ।

यद्यपि अमेरिकामा कति सम्मको ऋणलाई सीमा पार गरेको भनिने र यो कत्तिको ठूलो समस्या हो भन्ने विषयमा अर्थशास्त्रीहरू भने विभाजित छन् । यता, अमेरिकी केन्द्रीय बैंकले २०१५ देखिनै पहिलो दर वृद्धिको श्रृखंला ल्याउने योजना बनाइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?