जेठ ४ गते चुनाव गर्ने मिति घोषणा भए सँगै नेप्सेले ३६०० पार गर्न सक्ने 

`

     २०७८ माघ १८ गते १:३७

काठमाडौँ, माघ १६ । मङ्गलवार प्रधानमन्त्री शेरबहादुर देउवा र निर्वाचन आयोगका पदाधिकारीहरू बिचको भेटवार्तामा आगामी जेठ ४ गते स्थानीय तहको निर्वाचन गर्ने सहमति बनेको छ।

स्थानीय जनप्रतिनिधिको कार्यकाल आउँदो जेठ ५ मा सकिने भन्दै निर्वाचन आयोगले त्यस अगावै स्थानीय तहको निर्वाचन गर्नु सरकार र निर्वाचन आयोगको संवैधानिक दायित्व रहेको जनाएको छ। निर्वाचन आयोगका पदाधिकारीहरूले मङ्गलवार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर स्थानीय निर्वाचनको मिति सिफारिस गरेको थियो।

जेठ ४ गते निर्वाचन गर्ने सहमति भए सँगै अब नेप्सेले छिट्टै ३६०० को बिन्दु पार गर्न सक्ने भनी विभिन्न विश्लेषकहरूले दाबी गरिरहेका छन् । स्थानीय तहको निर्वाचनमा अर्बौँ रुपैयाँ खर्च लाग्ने र सेयर बजारमा समेत अथाह पैसा भित्रिन सक्ने ठुलो सम्भावना रहिआएको छ । साथै हाल बैङ्क तथा वित्तीय संस्थाहरूमा तरलता पनि बढ्दै गइरहेको कारण माघ महिना भित्रै नेप्सेले अल्टाइम हाई ब्रेक गरी ३६ सय को बिन्दु समेत पार गर्न सक्ने धेरै सेयर विश्लेषकहरूको दाबी रही आएको छ ।

पछिल्लो समय सरकारी खर्चहरू भइरहेको, पुन कर्जाको रकम निक्षेपमा गणना गर्न सुविधा पाएको एवम् बैङ्कहरूले पनि नियन्त्रित रूपमा कर्जा वितरण गरेकाले सबै अवस्था कम्फरटेबल पोजिसनमा देखिएको छ।

बैङ्कहरूले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा ५८ प्रतिशत भन्दा बढीले कर्जा वृद्धि गरिसकेकाले आगामी दिनमा निक्षेप बढेको अनुपातमा मात्रै कर्जा विस्तार गरे पनि बाँकी वार्षिक लक्ष्य भेट्न सकिने छ ।

हाल सेयर बजार प्रति अर्थ मन्त्रालय सकारात्मक हुनु, नयाँ लगानी कर्ताहरूको उल्लेख्य वृद्धि, ठुला लगानीकर्ताहरूको प्रवेश, लाभांश सिजन, बैङ्क तथा वित्तीय संस्थाहरूको नाफामा उल्लेख्य वृद्धि, लगानीकर्ताहरूको उच्च मनोबल लगायतका कारण नेप्सेले इतिहास रच्ने अत्यन्तै ठुलो सम्भावना रहेको जानकारहरू बताउँछन् ।

सेयर बजारले छिट्टै ३६०० को बिन्दु पार गर्नसक्ने आधारहरु

१. स्थानीय तहको निर्वाचन सरकारले जेठ ४ गते गर्ने निर्णय गरेकोले

२. ५० लाख भन्दा बढी लगानीकर्ता प्रत्यक्ष रुपमा सेयरबजार प्रवेश गरिसकेको अवस्था।

३. प्रबिधिको विकास, टिएम यस यूजरको संख्यामा वृद्धि र अनलाइन कारोबारमा आएको सहजताले बजारलाई सपोर्ट गरिरहेको छ ।

४. माघमा पनि बैंक तथा वित्तीय संस्थाहरूमा निक्षेपको ब्याज दर नबढ्ने भएकोले ।

५. लाइफ र ननलाइफले क्यास डिभिडेण्ड दिन नपाउने र बोनसमा जोड दिनुपर्ने नियामक निकायको सर्कूलर आएको कारण ।

६. बैंकहरूले माइक्रोफाइनान्सको शेयर पौष मसान्तसम्म बिक्रि गरिसकेकाले अब माइक्रोमा सप्लाई घट्नेछ ।

७. पोष मसान्तपछि सरकारी खर्च बढ्दैजाने बिगतको अभ्यासका कारण वित्तीय क्षेत्रमा तरलता सहज भई बजार बढ्ने देखिन्छ ।

८. नेतृत्व विहिन धितोपत्र बोर्ड र नेप्सेले चाडै नै नेतृत्व प्राप्त गर्दैछ ।

९. नेपाल रास्ट्र बैंकले सरकारी खाताको ८० प्रतिशत रकमलाई निक्षेपका रूपमा गणना गर्न दिने ब्यवस्था र ९२ अर्बको पुनर्कर्जाका करण पनि बैंकहरूमा तरलता थप सहज भएको छ ।

१०. बैंकहरूमा डलर खाता खोल्न एनारएनलाई प्रोत्साहन गर्ने अर्थमन्त्रालयको प्रयासले अब बैंकहरूमा तरलता थपिने अनुमान गर्न सकिन्छ ।

११. रास्ट्र बंकले आयात निरुत्साहित गर्ने पोलिसी लिएको छ, यसले पनि तरलता सहज बनाउनेछ ।

१२. बैंकहरूले विदेशबाट बचत ल्याइरहेको र ल्याउने प्रक्रिया अघि बढाइरहेकाले बैंकहरूमा तरलता वृद्धि गर्ने देखिन्छ ।

१३. चुबाव नजिकिँदै गरेको हुनाले मतदाताहरूको सेन्टिमेन्ट जित्न एकातिर राजनैतिक दलहरू बजारप्रती सकारात्मक देखिन थालेका छन् भने अर्कोतिर चुनाबमा हुने खर्चले बजारमा थप तरलता बढ्ने देखिन्छ ।

१४. बजारमा ट्रेडर र ठूला लगानीकर्ताहरू प्रवेश गरेका कारण बजार माथी जाने देखिन्छ।

१५. कोभिड १९ ९ओमिक्रोन भेरिएन्ट० को प्रभाव बढ्दै गइरहेको अवस्थामा पूर्ण लकडाउन नभए पनि ब्यापारमा जाने पैसा पुनः सेयर बजारमा आउनसक्ने सम्भावना देखिएकाले बजार थप बढ्नसक्ने देखिन्छ ।

१६. पछिल्लो सयम बैंकहरूमा तरलता सहज हुँदै गएको छ भने केही बैंकहरूले कर्जा लगानी सुरु गरेका छन् ।

१७. दिर्घकालिन लागानिकर्ताहरुको संख्या र ठुलो लागानि तिव्र गतिमा बढ्दै जानु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?