काठमाडौँ, १८ माघ । भारत सरकारले वित्त वर्ष २०२२/२३ मा नेपाललाई अनुदान दिने रकम अघिल्लो बर्षको तुलनामा कम छुटाएको छ । यो आर्थिक वर्षमा भारतले १२ अर्ब नेपाली रुपैयाँ नेपालको लागी बजेट छुट्याएको छ ।
गत वर्षको बजेटले ९ अर्ब ९२ करोड भारु छुट्याएको थियो ।
भारतले सबैभन्दा धेरै अनुदान भुटानलाई छुट्याएको छ । भुटानलाई २२ अर्ब ६६ करोड भारु दिने भएको छ । भारतले अफगानिस्तानलाई २ अर्ब, बंगलादेशलाई ३ अर्ब, श्रीलंका २ अर्ब, माल्दिभ्सलाई ३ अर्ब ६० करोड, मंगोलियालाई १२ करोड र अफ्रिकी मुलुकलाई २ अर्ब ५० करोड भारतीय रुपैयाँ छुट्याएको छ ।




