काठमाडौँ, १८ माघ । मंगलबार नेप्से १९.२९ अंकले बढेर परिसूचक २८९१ अंकमा पुगेको हो ।
परिसूचकको साथै कारोबार रकम पनि आज बढेको छ । अघिल्लो दिन ५ अर्ब १५ करोडको कारोबार भएकोमा आज बढेर ६ अर्ब ५६ करोड पुगेको छ ।
बैंकिङ ५, विकास बैंक ८१, फाइनान्स ३६, जलविद्युत १०९, लघुवित्त ४९, निर्जीवन बीमा ९१ र अन्य उपसमूह १ अंकले बढे । होटल तथा पर्यटन २, जीवन बीमा १३, व्यापार ५ तथा उत्पादन उपसमूह १३ अंकले घटे । १४८ कम्पनीको मूल्य बढ्दा ३६ को घट्यो भने ६ को स्थिर रह्यो ।
विन नेपाल लघुवित्त र बुद्धभूमि हाइड्रोपावरको मूल्य १० प्रतिशतले बढ्यो । नेसनल हाइड्रोपावर, अरुणभ्याली हाइड्रोपावर, अपी पावर, माथिल्लो तामाकोसी र जलविद्युत लगानी तथा विकास कम्पनी कारोबारका आधारमा क्रमशस् अगाडि रहे ।
मंगलबार सबैभन्दा बढी शेयर कारोबार नेशनल हाइड्रोको भएको छ । यस कम्पनिको आज ३९ करोड भन्दा बढीको कारोबार भएको छ भने अरु भ्याली हाइड्रोको ३७ करोड भन्दाबढीको कारोबार भएको छ ।




