काठमाडौँ, १८ माघ । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल अन्तर्गत आज नेपाल र मरिस खेल्दै छ । यस अघि भएको पहिलो मैत्रीपूर्ण खेलमा नेपालले १-० को अन्तरले जित हात पारेको थियो । नेपालको जितमा विमल घर्तिमगरले गोल गरेका थिए।
हाल फिफा वरीयताको १६९औं स्थानमा रहेको नेपालले अफ्रिकी राष्ट्र मरिससँग पहिलो पटक प्रतिस्पर्धा गरेको हो।
फिफा वरीयताको १७२औं स्थानमा रहेकाले मरिसस नेपालका लागि समान स्तरको प्रतिद्वन्द्वी हो।
यसअघि पहिलो खेलमा मरिससले नेपालविरूद्ध केही आकर्षक अवसर गुमाएको थियो।
खेलमा एन्फाले दर्शकलाई पनि प्रवेश दिनेछ। अनलाइनबाट टिकट काटेका दर्शकलाई खोप कार्ड देखाएपछि रंगशालामा प्रवेश दिइनेछ।
खेल अपरान्ह ४:४५ बजे दशरथ रंगशालामा हुनेछ।




