काठमाडौँ, १७ माघ । सोमबार नेप्सेमा गिरावट आएको छ । साताको दोस्रो दिन १४.४८ अंकले घटेर २८७१.०५ विन्दुमा पुगेको छ ।
सोमबार कारोबार भएका २२५ कम्पनिका ६९ हजार ७७० कित्ता शेयर कारोबार भएका छन् भने आज ५ अर्ब १५ करोड ४१ लाख भन्दा बढीको कारोबार भएको छ ।
त्यसैगरी आज कारोबारमा आएका लगानी, माइक्रो फाइनान्स र अन्य उपसूचक बाहेक अन्य उपसूचकको शेयर मुल्य घटेको छ ।
त्यस्तै सोमबार फरवार्ड माइक्रोफाइनान्स र वीन लघुवित्तको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ भने बुद्ध भूमि नेपाल हाइड्रोपावरको शेयर मुल्य ९ प्रतिशत भन्दा बढीले बढेको छ ।
त्यसैगरी आज माउन्टेन हाइड्रोको सबैभन्दा बढी ३.४४ प्रतिशतले घटेको छ ।
सोमबार सबैभन्दा बढी शेयर कारोबार हाइड्रोइलेक्ट्रीसिटी इन्भेस्टमेन्टको भएको छ । यस कम्पनिको आज ५७ करोडको कारोबार भएको छ भने अपर तामाकोशीको ३१ करोड भन्दा बढीको कारोबार भएको छ ।




