नेप्सेमा १०५ अङ्कको वृद्धि, ६ अर्ब ३२ करोड रुपैयाँको कारोबार

`

     २०७८ माघ १६ गते ९:४३

काठमाडौँ, १६ माघ । आइतबार सेयर बजार उच्च अंकले बढेको छ ।

१०५.५५ अंकले बजारको परिसूचक नेप्से बढेसँगै २८८५ अंकमा कायम भएको छ । कारोबार रकममा पनि सुधार हुँदै दिनभर ६ अर्ब ३२ करोड रुपैयाँको कारोबार भयो ।

आइतबार सबै उपसमूह बढेका छन् । बैंकिङ ४६, विकास बैंक ३१८, फाइनान्स १५२, होटल तथा पर्यटन १४१, जलविद्युत १८२, लगानी ५, जीवन बीमा ५४८, उत्पादन १९७, लघुवित्त १७३, निर्जीवन बीमा ४३१, अन्य ८३ र व्यापार उपसमूह १४६ अंकले बढे ।

कुल १९० कम्पनीको मूल्य बढ्यो भने एक कम्पनीको मात्रै घट्यो । ५ कम्पनीको मूल्य १० प्रतिशतले बढेको छ । विन नेपाल लघुवित्त, लिबर्टी इनर्जी, शिवश्री हाइड्रो, निफ्रा र बुद्धभूमि हाइड्रोपावरको मूल्य १० प्रतिशतले बढेको छ । अरुणभ्याली हाइड्रोपावरको मूल्य ९ प्रतिशतले बढ्यो ।

अपी पावर, नेपाल टेलिकम, एचआइडीसीएल, अरुणभ्याली र माथिल्लो तामाकोसी कम्पनी कारोबार रकमका आधारमा सबैभन्दा अगाडि रहे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?