सहिदको बलिदानले प्राप्त राजनीतिक उपलब्धिपछि अबको साझा लक्ष्य आर्थिक समृद्धि: मुख्यमन्त्री पोखरेल

`

     २०७८ माघ १६ गते ६:३८

काठमाडौँ, १६ माघ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले अबको साझा लक्ष्य आर्थिक समृद्धि रहेको बताएका छन् ।

सहिद दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री पोखरेलले सहिदको बलिदानीले प्राप्त राजनीतिक उपलब्धिपछि अबको साझा लक्ष्य आर्थिक समृद्धि रहेको उल्लेख गरेका छन् ।

लामो सङ्घर्षपछि संविधानसभामार्फत बनेको संविधान र त्यसपछि बनेको तीन तहका सरकारलाई अझ प्रभावकारी र जनमुखी बनाउनका लागि आपसी सहमति र सहकार्य नै सबैभन्दा ठूलो शक्ति रहेको सन्देशमा भनिएको छ ।

सहिदको वलिदानीपूर्ण सङ्घर्षबाट प्राप्त राजनीतिक उपलब्धिको रक्षा गर्नु अहिलेको सबैभन्दा ठूलो र महत्वपूर्ण जिम्मेवारी रहेको उनको भनाइ छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?