ई–सेवा र कतारको युनिमोनी एक्सचेन्जबीच सम्झौता, कतारबाट पैसा पठाउन थप सहज हुने

`

     २०७८ माघ १४ गते ६:३०

काठमाडौँ, १४ माघ । ई–सेवा मनी ट्रान्सफरले कतारको रेमिट्यान्स कम्पनी युनिमोनीसँग रेमियान्स भुक्तानी सम्झौता गरेको छ ।

यस सम्झौतासँगै कतारमा रहेका नेपालीहरुले युनिमोनी मार्फत नेपाल पैसा पठाउन सक्नेछन् । युनिमोनीका कतारमा भएका ९ वटा शाखाबाट नेपालका ६० भन्दा धेरै बैंकमा वा इवा वालेटमा तत्काल रकम पठाउन सकिन्छ ।

यस सम्झौताबारे ई–सेवा मनी ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत अजेस कोइरालाले भने, ‘ई–सेवा मनी ट्रान्सफर र युनिमोनीबीचको यस सम्झौताले कतारबाट नेपाल रेमिट्यान्स भुक्तानी सेवालाई थप सहजता प्रदान गरेको छ, यसले कतारमा रहेका नेपाली कामदारलाई नेपाल पैसा पठाउन एउटा प्रभावकारी माध्यम थपिएको छ ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?