काठमाडौँ, १३ माघ । साता अन्तिम दिन बिहीबार नेप्सेमा ३.२९ अंकले बढेको छ ।
आज कुल ३ अर्ब ३४ करोड रुपैयाँको सेयर किनबेच भयो । जुन कारोबार रकम अघिल्लो दिनको तुलनामा झण्डै १ अर्ब कमी हो ।
आज नेप्सेमा वृद्धिपछि नेप्से २७७९ अंकमा कायम भएको छ । कुल ९० कम्पनीको मूल्य बढ्यो भने ८६ को घट्यो । त्यस्तै १५ कम्पनीको मूल्य स्थिर रह्यो । बैंकिङ ४, विकास बैंक २१, होटल तथा पर्यटन २१, जीवन बीमा १ र ब्यापार उपसमूह ७ अंकले घटे । फाइनान्स १४, जलविद्युत ५, उत्पादन २५, लघुवित्त ५, निर्जीवन बीमा १३२ र अन्य उपसमूह १७ अंकले बढे ।
विन नेपाल लघुवित्त र बुद्धभूमि हाइड्रोपावरको मूल्य १० प्रतिशतले बढ्यो । सीईडीबी हाइड्रोपावरको मूल्य ८.७ प्रतिशतले बढ्यो । नेसनल लाइफ लाइफ, नेपाल टेलिकम, अपी पावर, शिखर इन्स्योरेन्स र आईएमई जनरल इन्स्योरेन्स कम्पनी कारोबार रकमका आधारमा उत्कृष्ट पााचभित्र पर्न सफल भए ।




