डेनिस शापोभालोभलाई हराउँदै नाडाल अस्ट्रेलियन ओपनको सेमिफाइनलमा प्रवेश

`

     २०७८ माघ ११ गते ८:१२

काठमाडौँ, ११ माघ । कीर्तिमानी २१औं पटक ग्रान्डस्लाम जित्ने लक्ष्यमा रहेका राफेल नाडाल अष्ट्रेलियन ओपन टेनिसको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

मंगलबार सम्पन्न क्वाटरफाइनलको खेलमा नाडालले क्यानेडियन खेलाडी डेनिस शापोभालोभलाई ५ सेटमा ३-२ ले पराजित गर्दै सेमिफाइनलमा पुगेका हुन् ।

शुरुका दुई सेट ६-३, ६-४ ले जितेका नाडाललाई त्यसपछिका दुई सेटमा शापोभालोभले ६-४ र ६-३ ले पराजित गरेका थिए । त्यसपछि भएको पाँचौं सेटमा नाडालले ६-३ ले सेट जितेर आफ्नो जित सुनिस्चित गरेका थिए ।

अब नाडालले सेमिफाइनलमा गाएल मोनफिल्स र माटेओ बेरेट्टीनीबीचको विजेतासँग खेल्ने छन् ।

नाडाल यसपटक कीर्तिमानी २१औं पटक ग्रान्डस्लाम जित्ने लक्ष्यमा छन् । हालसम्म नाडालसँगै नोभाक जाकोभिच र रोजर फेडेररले समान २० पटक प्रतियोगिता जितेका छन् । ३५ वर्षीय नाडाल गत वर्ष क्वाटरफाइनलबाटै बाहिरिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?