काठमाडौं,सोमबार, माघ १० । स्वास्थ्य शाखा,काठमाडौं महानगरपालिका र नेपाल रेडक्रस सोसाइटीबाट जनशक्ति व्यवस्थापन हुने भएपछि टेकु अप्सतालले भोलि मंगलबार १० बजेबाट पुनः कोभिड १९ विरूद्धको खोप अभियान सुरू हुने शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालका निर्देशक डा। मनिषा रावलले जानकारी दिइन्।
शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पताल टेकुमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीलाई कोभिड १९ संक्रमण देखिएपछि कोभिड विरूद्धको खोप अभियान आजदेखि एक साताका लागि स्थगित गरिएको थियो।
मंगलबार बिहान १० बजेदेखि कोभिड १९ विरूद्धको खोप अभियान नियमित सञ्चालन हुने अस्पातलले जनाएको छ।




