काठमाडौँ, ९ माघ । साताको कारोबारको पहिलो दिन आइतबार नेप्सेमा १०.८३ अंकको गिरावट आएको छ । आज आएको गिरावटसंगै नेप्से २९२०.५१ विन्दुमा भरेको छ ।
आज २३२ कम्पनीको ८७ हजार ४७८ कित्ता सेयर खरिद-बिक्री हुँदा कुल ७ अर्ब ३ करोड ५ लाख बराबरको कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार नेपाल टेलिकमको भएको छ । यस कम्पनीको आज ३२ करोड २१ लाखभन्दा बढीको कारोबार भएको छ ।
आज कारोबारमा आएका जीवन वीमा, उत्पादन, म्युच्युअल फण्ड, निर्जीव वीमा, अन्यबाहेक सबै उपसूचकको मुल्य घटेको छ ।
नेप्सेका अनुसार आज वीन नेपाल लघुवित्तको सबैभन्दा बढी १० प्रतिशतले बढेको छ भने बुद्ध भूमि नेपाल हाइड्रो र मैलुंग खोला कल विद्युतको मुल्य ९ प्रतिशत भन्दा बढीले बढेको छ ।
त्यस्तै आज साम्लिंग पावरको शेयर मुल्य सबैभन्दा बढी ६.६९ प्रतिशतले घटेको छ ।




