काठमाडौँ, ७ पौष । शक्रबार सुनचाँदिको मुल्यमा वृद्धि भएको छ ।
सुन प्रतितोला १ सय बढ्दै ९३ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ।
अघिल्लो दिन सुन प्रतितोला ९३ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, शुक्रबार चाँदी प्रतितोला दश रुपैयाँले बढेर १३ सय २५ रुपैयाँ पुगेको छ।
अघिल्लो दिन चाँदी प्रतितोला १३ सय १५ रुपैयाँमा कारोबार भएको थियो।
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १८ सय ४० अमेरिकी डलरमा कारोबार भइरहेको छ।




