काठमाडौँ, ६ माघ । आइसिसी टी-२० विश्वकपअन्तर्गत विश्व छनोटका लागि नेपाली राष्ट्रिय टिम घोषणा गरिएको छ।
विश्व छनोटको समूह विभाजनमा नेपाल समूह (ए) मा छ। समूहमा नेपालसहित आयरल्यान्ड, ओमान, बहराइन, क्यानडा, जर्मनी, फिलिपिन्स र युएई परेका छन्।
विश्व छनोट आगामी १५ देखि २५ फेब्रुअरीमा ओमानमा हुनेछ। मस्कटको ओमान क्रिकेट एकेडेमी मैदानमा हुने छनोटबाट शीर्ष दुई टिम विश्वकपमा छनोट हुनेछन्।
टी-२० विश्वकपमा १२ टिम भने छनोट भइसकेका छन्।
सन् २०२१ को टी-२० विश्वकपको सुपर १२ मा पुगेका अफगानिस्तान, बंगलादेश, इंग्ल्यान्ड, भारत, नामिबिया, न्युजिल्यान्ड, पाकिस्तान, स्कटल्यान्ड, दक्षिण अफ्रिका, श्रीलंका र वेस्ट इन्डिजले सन् २०२२ को टी-२० विश्वकपमा स्थान सुरक्षित गरेका थिए। अस्ट्रेलिया आयोजकको हैसियतमा यसअघि नै विश्वकपमा छनोट भइसकेको थियो।
सन् २०२२ मा अस्ट्रेलियामा हुने विश्वकपमा स्थान बनाउन लागि नेपालले विश्व छनोटमा उत्कृष्ट प्रदर्शन गर्नु पर्ने हुन्छ। ८ टिमको समूहमा उत्कृष्ट दुईभित्र पर्न सके मात्र नेपालले ८ वर्षपछि टी-२० विश्वकप खेल्नेछ।
टी-२० विश्वकप छनोट खेल्ने नेपाली टोलीको नाम निम्न
सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ शेख, दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, आरिफ शेख, करण केसी, जितेन्द्र मुखिया, अभिनास बोहरा, साहब अलाम, कुशल मल्ल, कमलसिंह ऐरी, विवेक यादव, प्रदीप ऐरी, लोकेश बम।




