काठमाडौँ, ४ माघ । नेपाल आयल निगमले निरन्तर तेलमा भएको घाटाका कारण हालसम्म सञ्चित भएको बचत रकम सकिएको जनाएको छ ।
विज्ञप्ति जारी गर्दै निगमले संचित बचत शून्यको अवस्थामा पुगेको बताएको छ । भारतीय आयल कर्पोरेसनलाई ५ दिनपछि भुक्तानीका लागि करिब २ अर्ब रुपैयाँ अपुग हुने भएकाले सो रकम ऋण लिनुपर्ने वा मूल्य स्थिरीकरण कोषमा बाँकी भएको रकम प्रयोग गर्नुपर्ने निगमको भनाइ छ ।
निगमले भनेको छ, ुआउँदा दिनहरुमा केही मूल्य समायोजन गरिए तापनि महिनाको करिब ४ अर्ब रुपैयाँ घाटा रहिरहने देखिएको हुँदा आगामी ३ महिनासम्मका लागि देशभर पेट्रोलियम पदार्थको आपूर्ति सहज बनाइ राख्न हालको खरिद मूल्यअनुसार निगमलाई १२ अर्ब रुपैयाँको आवश्कता देखिन्छ ।ु




