काठमाडौँ, ३ माघ । सोमबार नेप्सेमा गिरावट आएको छ ।
आज २०.६४ अंकको वृद्धिसँगै नेप्से २९४७ अंकमा पुगेको छ । परिसूचक बढे पनि कारोबार रकम भने घटेको छ । आज ७ अर्ब ९० करोडको मात्र कारोबार भएको छ ।
बैंकिङ १९, होटल तथा पर्यटन ६, जलविद्युत ५५, जीवन बीमा ८०, उत्पादन ९९, निर्जीवन बीमा ५० र अन्य उपसमूह २३ अंकले बढेका छन् । व्यापार ९, लघुवित्त ६, फाइनान्स ०।९ र विकास बैंक उपसमूह २३ अंकले घटेका छन् ।
यस दिन पनि मध्यभोटेकोसी जलविद्युतको मूल्य १० प्रतिशतले बढ्यो । दुई सातादेखि निरन्तर १० प्रतिशतले बढेको यो कम्पनीको मूल्य प्रतिकित्ता ४५८.८० रुपैयाँ पुगेको छ । सिंगटी हाइड्रो, सीईडीबी हाइड्रोपावरको मूल्य ८ प्रतिशतले बढ्यो । कुल ८१ कम्पनीको सेयर मूल्य घट्दा ९७ को बढ्यो भने ११ को स्थिर रह्यो । कारोबारका आधारमा अरुणभ्याली हाइड्रोपावर अग्रस्थानमा रह्यो । त्यसपछि क्रमशस् अपी पावर, माथिल्लो तामाकोसी, नेपाल टेलिकम र शिवम् सिमेन्ट कारोबारका आधारमा अगाडि रहे ।




