काठमाडौँ, २ माघ । आइतबार नेप्सेमा ६९ अंकको वृद्धि भएको छ ।
आइतबार नेप्से ६९ अंकले बढेर २९२६.७४ विन्दुमा पुगेर कारोबार बन्द भएको हो ।
त्यस्तै आइतबार २२९ कम्पनीको १ लाख एक हजार ५८९ कित्ता सेयर खरिद(बिक्री हुँदा कुल ९ अर्ब ६७ करोड ६३ लाख बराबरको कारोबार भएको छ ।
आज कारोबारमा सबै उपसूचकको मुल्य बढेको छ ।
उत्पादन उपसूचकको सबैभन्दा बढी ५.६२ प्रतिशतले बढेको छ भने आज अन्य उपसूचकको मुल्य ३.०९ प्रतिशतले बढेको छ ।
त्यस्तै आज स्ट्याण्डर्ड चार्टर बैंक र मध्य भोटेकोशीको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ ।
त्यस्तै आज ग्लोबल आइएमई बैंकको डेभेन्चरको शेयर मुल्यमा सबैभन्दा बढी ३.५९ प्रतिशतले गिरावट आएको छ ।




