एजेन्सि, २ माघ । कजाकिस्तानमा एक साता लामो हिंसामा २२५ जनाको मृत्यु भएको छ ।
इन्धनको मूल्य बृद्धि विरुद्ध भएको प्रदर्शनमा उनीहरुको मृत्यु भएको सरकारले पुष्टि गरेको हो ।
‘आपतकालको समयमा मारिएका २२५ शबको अन्त्यष्टि भएको छ,’ अभियोजनकर्ताको कार्यलयका एक अधिकारीले भने । प्रदर्शनका क्रममा मारिएका सर्वसाधरणको सेनाले सामूहिक अन्त्यष्टि गरेको सर्वसाधारणले बताउँदै आएका थिए ।
मृत्यु भएको मध्ये २० जना सुरक्षाकर्मी पनि रहेको छ । यसअघि सेनाले ५० जनाको मृत्यु भएको जनाएको थियो ।
त्यहाँ हिंसा चर्किदै गएपछि कजाकस्तानका राष्ट्रपतिको आह्वानमा आन्दोलन दबाउन रुसी नेतृत्वको सेना परिचालन भएको थियो । प्रदर्शन हिंसात्मक बन्दै गएपछि सरकारले हतियार नबिसाउने प्रदर्शनकारीलाई गोली हान्ने आदेश समेत दिएको थियो ।



