सेयरबजार माघ महिनाभित्रै ३६ सय पुग्नसक्ने १६ आधारहरु:-

`

     २०७८ माघ ०१ गते ६:२७

काठमाडौँ, १ माघ ।  सेयरबजार माघ महिनाभित्रै ३६ सय पुग्नसक्ने १६ आधारहरु:-

१. ५० लाख भन्दा बढी लगानीकर्ता प्रत्यक्ष रुपमा सेयरबजार प्रवेश गरिसकेको अवस्था।

२. प्रबिधिको विकास, टिएम यस यूजरको संख्यामा वृद्धि र अनलाइन कारोबारमा आएको सहजताले बजारलाई सपोर्ट गरिरहेको छ ।

३. माघमा पनि बैंक तथा वित्तीय संस्थाहरूमा निक्षेपको ब्याज दर नबढ्ने भएकोले ।

४. लाइफ र ननलाइफले क्यास डिभिडेण्ड दिन नपाउने र बोनसमा जोड दिनुपर्ने नियामक निकायको सर्कूलर आएको कारण ।

५. बैंकहरूले माइक्रोफाइनान्सको शेयर पौष मसान्तसम्म बिक्रि गरिसकेकाले अब माइक्रोमा सप्लाई घट्नेछ ।

६. पोष मसान्तपछि सरकारी खर्च बढ्दैजाने बिगतको अभ्यासका कारण वित्तीय क्षेत्रमा तरलता सहज भई बजार बढ्ने देखिन्छ ।

७. नेतृत्व विहिन धितोपत्र बोर्ड र नेप्सेले चाडै नै नेतृत्व प्राप्त गर्दैछ ।

८. नेपाल रास्ट्र बैंकले सरकारी खाताको ८० प्रतिशत रकमलाई निक्षेपका रूपमा गणना गर्न दिने ब्यवस्था र ९२ अर्बको पुनर्कर्जाका करण पनि बैंकहरूमा तरलता थप सहज भएको छ ।

९. बैंकहरूमा डलर खाता खोल्न एनारएनलाई प्रोत्साहन गर्ने अर्थमन्त्रालयको प्रयासले अब बैंकहरूमा तरलता थपिने अनुमान गर्न सकिन्छ ।

१०. रास्ट्र बंकले आयात निरुत्साहित गर्ने पोलिसी लिएको छ, यसले पनि तरलता सहज बनाउनेछ ।

११. बैंकहरूले विदेशबाट बचत ल्याइरहेको र ल्याउने प्रक्रिया अघि बढाइरहेकाले बैंकहरूमा तरलता वृद्धि गर्ने देखिन्छ ।

१२. चुबाव नजिकिँदै गरेको हुनाले मतदाताहरूको सेन्टिमेन्ट जित्न एकातिर राजनैतिक दलहरू बजारप्रती सकारात्मक देखिन थालेका छन् भने अर्कोतिर चुनाबमा हुने खर्चले बजारमा थप तरलता बढ्ने देखिन्छ ।

१३. बजारमा ट्रेडर र ठूला लगानीकर्ताहरू प्रवेश गरेका कारण बजार माथी जाने देखिन्छ ।

१४. कोभिड १९ (ओमिक्रोन भेरिएन्ट) को प्रभाव बढ्दै गइरहेको अवस्थामा पूर्ण लकडाउन नभए पनि ब्यापारमा जाने पैसा पुनः सेयर बजारमा आउनसक्ने सम्भावना देखिएकाले बजार थप बढ्नसक्ने देखिन्छ ।

१५. पछिल्लो सयम बैंकहरूमा तरलता सहज हुँदै गएको छ भने केही बैंकहरूले कर्जा लगानी सुरु गरेका छन् ।

१६. दिर्घकालिन लागानिकर्ताहरुको संख्या र ठुलो लागानि तिव्र गतिमा बढ्दै जानु ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?